काठमाडौं। देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका दुई वटा पक्की घर काठमाडौं महानगर प्रहरी बलले भत्काएको छ।
काठमाडौं महानगरपालिका वडा नं. १० स्थित देवीनगर क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरी अवैध रूपमा संरचना निर्माण गरिएको उजुरीपछि महानगरले अनुगमन गरेको थियो। अनुगमनका क्रममा सार्वजनिक जग्गा अतिक्रमण भएको पुष्टि भएपछि महानगरले तत्काल कारबाही अघि बढाएको हो।
महानगर प्रहरी बलको टोलीले आवश्यक सुरक्षा व्यवस्थासहित डोजर प्रयोग गरी दुवै पक्की घर भत्काएको महानगरले जनाएको छ। कारबाहीका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।
काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अतिक्रमण, अवैध निर्माण तथा कब्जा हटाउने अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।
महानगरले यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ निगरानी र कानुनी कारबाही अघि बढाइने समेत जनाएको छ।
मुस्ताङ३२ असारमुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ । ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!