काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे सरकारको स्पष्ट धारणा माग गर्दै रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरेका हुन्।
“प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी केही प्रश्न सोध्न चाहन्छौं,” उनले भने।
साम्पाङले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको तथा स्थानीय नेपालीहरू आफ्नो भूमिको रक्षा गर्न संघर्षरत रहेको भिडियो सार्वजनिक भएको उल्लेख गरे।
“सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लडिरहेको भिडियो आएका छन्,” उनले संसदमा भने।
उनले सीमा क्षेत्रमा नेपाली सेना परिचालन गर्न नसकिएको कारणबारे पनि सरकारसँग जवाफ माग्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
साम्पाङले सीमा सुरक्षाको विषयलाई संवेदनशील रूपमा लिन आग्रह गर्दै सुस्ता घटनाबारे संसदलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन्।
Harka Sampang Rai ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई खुट्टाको घाउ निको नपारेर नयाँ जुत्ता लगाउ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!