धनुषाको मिथिला नगरपालिका-९ मा एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
दुर्घटनामा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सहित सरकारी गाडीमा सवार तीन जना तथा एम्बुलेन्समा रहेका पाँच जना गरी कुल आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया पठाइएको छ। उनीहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।
काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको एलपी ग्यास अभाव क्रमशः कम हुँदै गएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!