‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेपछि डीएसपी जिल्ला तानिए !!!!

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेपछि डीएसपी जिल्ला तानिए !!!!

काठमाडौं। कैलालीमा आयोजित एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। डीएसपी चौधरीले कार्यक्रममा बोल्दै नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार सञ्चालन हुने संस्था भएको बताएका थिए। उनले प्रहरीको दायित्व कानुन कार्यान्वयन गर्नु रहेको र कुनै व्यक्तिको निर्देशनमा नभई विधि र प्रक्रियाअनुसार काम गर्ने संस्थाका रूपमा नेपाल प्रहरी रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा उनले उक्त भिडियो सार्वजनिक नगर्न आग्रह गरेका थिए। तर त्यसपछि भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि विषयले व्यापक चर्चा पाएको छ। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला कार्यालयमा बोलाएको जनाएको छ। घटनापछि उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यस विषयमा नेपाल प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP