मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) क्षेत्रमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक हुन् भने यादव फास्ट ट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ठूलो प्रकृतिको मुद्दामा विशेष अदालतमा ३९ जना ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!