रौतहटमा जग्गा विवादले लियो ज्यान, चक्कु प्रहारबाट एक जनाको मृत्यु

रौतहटमा जग्गा विवादले लियो ज्यान, चक्कु प्रहारबाट एक जनाको मृत्यु

रौतहटको ईशनाथ नगरपालिका-३ औरैया मा जग्गाको स्वामित्व विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार राति करिब ८ बजेतिर स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साह बीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभन भएको थियो। सामान्य विवाद चर्किंदै गएपछि दुई पक्षबीच कुटपिट सुरु भएको थियो।

सोही क्रममा रामेश्वर साह ले बुटन साह माथि चक्कु प्रहार गरेका थिए। चक्कु लागेर बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा रामबहादुर साह को टाउकोमा समेत चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतम का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP