काठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन खेलमा सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुने भएका छन्। खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका रंगशालामा हुनेछ।
१६ वर्षअघि सन् २०१० को विश्वकप उद्घाटन खेलमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। संयोगवश, यसपटक पनि विश्वकपको पहिलो खेलमै उनीहरूबीच प्रतिस्पर्धा हुन लागेको हो।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप २०२६ मा ४८ टोली सहभागी छन्। १०४ खेल समावेश गरिएको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो मानिएको छ।
घरेलु मैदान र समर्थकको साथ पाएको मेक्सिको उद्घाटन खेलको प्रमुख दाबेदार मानिएको छ। फिफा वरीयतामा १४औँ स्थानमा रहेको मेक्सिको पछिल्ला आठ खेलमा अपराजित रहँदै प्रतियोगितामा प्रवेश गरेको छ।
यता, १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको दक्षिण अफ्रिका भने पहिलो खेलमै आश्चर्यजनक नतिजा निकाल्ने लक्ष्यमा छ। फिफा वरीयतामा ६०औँ स्थानमा रहे पनि टोलीले आयोजकमाथि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।
दुवै टोलीबीच हालसम्म चार खेल भएका छन्। जसमा मेक्सिकोले दुई खेल जितेको छ, दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ भने एक खेल बराबरीमा सकिएको थियो।
उद्घाटन खेलअघि हुने विशेष समारोहमा विश्वप्रसिद्ध गायिका शाकिरा, जे बाल्भिन र टाइलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ। विश्वभरका करोडौँ फुटबल समर्थकको नजर आजको उद्घाटन खेलमा केन्द्रित रहनेछ।
कैलालीको टिकापुर अस्पतालभित्र एक कर्मचारीमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित कर् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!