काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा, पालिका र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरेपछि आजबाट प्रदेश अधिवेशन सुरु गरेको छ। पहिलो चरणअन्तर्गत बागमती प्रदेश अधिवेशन हेटौंडामा सुरु हुन लागेको हो।
हेटौंडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने ले गर्ने कार्यक्रम तय भएको छ। बागमतीपछि अन्य प्रदेशका अधिवेशन पनि क्रमशः सञ्चालन हुने पार्टीले जनाएको छ।
बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डा. अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्याल बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुवै पक्षले प्यानलसहित चुनावी मैदानमा उत्रिने तयारी गरेका छन्।
उपसभापति पदमा डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी देखिएका छन् भने वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिने तयारीमा छन्।
रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ। सभापति, उपसभापति र महामन्त्री एक–एक जना रहनेछन् भने दुई जना सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य रहने व्यवस्था छ। कोषाध्यक्ष र प्रवक्ता सहितको पदाधिकारी टोली अधिवेशनबाट चयन हुनेछ।
निर्वाचन भएमा प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ।
यसैबीच रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवन मा आयोजना गर्ने तयारी गरिरहेको छ। प्रदेश अधिवेशनलाई महाधिवेशनको पूर्वतयारीका रूपमा हेरिएको छ।
कैलालीको टिकापुर अस्पतालभित्र एक कर्मचारीमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित कर् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!