पूर्व अध्यक्ष भुवनसिंहको पूर्ण समर्थनसहित मैदानमा मेघनाथ भुर्तेल, अत्यधिक बहुमतको दाबी

पूर्व अध्यक्ष भुवनसिंहको पूर्ण समर्थनसहित मैदानमा मेघनाथ भुर्तेल, अत्यधिक बहुमतको दाबी

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि लोकतान्त्रिक समूहले अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेल नेतृत्वको आधिकारिक प्यानल सार्वजनिक गरेको छ । पूर्व अध्यक्ष भुवनसिंहको पूर्ण समर्थन प्राप्त भएपछि भुर्तेल नेतृत्वको समूहले अत्यधिक बहुमतसहित विजयी हुने दाबी गरेको छ ।

लोकतान्त्रिक समूहले सार्वजनिक गरेको चुनावी प्रचार सामग्रीमार्फत अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेलसहित सम्पूर्ण प्यानललाई मतदान गरी विजयी गराउन व्यवसायीहरूसँग अपिल गरेको हो । समूहले वैदेशिक रोजगार व्यवसायीको हक, हित र सम्मानका मुद्दालाई केन्द्रमा राख्दै चुनावी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

सार्वजनिक प्यानलअनुसार अध्यक्ष पदमा मेघनाथ भुर्तेल उम्मेदवार रहेका छन् । प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रविन मंगले मगर र लक्ष्मण पौडेल, महासचिवमा अमरप्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा) तथा कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्य पदमा राजेश मैनाली, कैलाश पाठक, देवबहादुर गौतम (सचिन), टंकप्रसाद फुँयाल, गीता राउत, भिममाया कार्की, दीक्षा थपलिया, रोशना निरौला, दीपककुमार देव र हिरालाल गौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अध्यक्षका उम्मेदवार भुर्तेलले व्यवसायीको विश्वास जित्दै संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले व्यवसायीका समस्या समाधान, व्यवसायिक वातावरण सुधार तथा संस्थागत मर्यादा अभिवृद्धिका लागि आफूले स्पष्ट कार्ययोजना अघि सारेको बताएका छन् ।

पूर्व अध्यक्ष भुवनसिंहको समर्थनले लोकतान्त्रिक समूहको अभियानलाई थप बल पुगेको समूहका नेताहरूको भनाइ छ । संघको नेतृत्व गरिसकेका अनुभवी व्यक्तित्वको समर्थनले व्यवसायीमाझ सकारात्मक सन्देश गएको र चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको दाबी समूहले गरेको छ ।

२४ जेठमा हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । चुनाव नजिकिँदै जाँदा व्यवसायीहरूबीच नेतृत्व चयनबारे व्यापक छलफल भइरहेको छ भने लोकतान्त्रिक समूहले आफ्नो प्यानललाई अत्यधिक बहुमतसहित विजयी गराउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
14 घण्टा अगाडि

प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलको निरन्तर अवरोधका कारण ...

छुटाउनुभयो कि ?

TOP