काठमाडौं।काठमाडौं उपत्यकामा शनिबार बेलुका परेको वर्षासँगै साना खोला तथा खोल्सीहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले राति ८:४३ बजे जारी गरेको सूचनामा पछिल्लो तीन घण्टामा काठमाडौं जिल्लाका विभिन्न वर्षा मापन केन्द्रमा हल्कादेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले साना खोलामा अचानक पानीको बहाव बढ्न सक्ने जनाएको छ। त्यसैले नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेको जनाएको छ। यसका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ।
सरोकारवाला निकायले वर्षायाममा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन तथा अनावश्यक रूपमा खोला–नदी आसपास नजान आग्रह गरेका छन्।
सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहानदेखि खुकुलो ब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!