धनगढी । कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीका ४८ वर्षीय पदम चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक कारसहित फरार भएका थिए।
प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गर्दै फरार भारतीय नागरिक चालक अश्वनी कुमार सिंहलाई कारसहित पक्राउ गरेको छ। पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!