चितवन राष्ट्रिय निकुञ्जको सबैभन्दा कुख्यात जंगली भाले हात्ती 'ध्रुवे' ले झण्डै नौ वर्षपछि फेरि मानवीय क्षति निम्त्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका-२३ मा घरमै रहेका २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि ध्रुवेले आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्ने प्रयास गर्दा घरसमेत जलेर नष्ट भएको छ। आक्रमणपछि ध्रुवे पुनः निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ। यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि वि.सं. २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि ध्रुवे लामो समय शान्त देखिएको थियो। ध्रुवेले वि.सं. २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको थियो। २०६९ सालसम्म मात्रै १५ जनाको ज्यान लिएपछि तत्कालीन प्रशासनले यसलाई मार्ने निर्णय गरेको थियो। सेनाले पटकपटक गोली चलाए पनि ध्रुवे बच्न सफल भयो। यसलाई नियन्त्रण गर्न १६ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको थियो। रेडियो कलर जडान, दाह्रा काट्ने, बेहोस बनाएर औषधि दिने लगायतका प्रयास गरिए पनि ध्रुवे पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन। केही वर्ष बेपत्ता भएको ध्रुवे पछि फेरि सुखीभार क्षेत्रमा देखिन थालेको थियो। केही महिनाअघि सौराहामा अर्को जंगली भाले हात्ती ‘रोनाल्डो’सँगको भिडन्तपछि पनि ध्रुवे फेरि जंगलमै सक्रिय रहेको निकुञ्ज स्रोतले जनाएको छ। ध्रुवेको पछिल्लो आक्रमणले फेरि एकपटक चितवनका निकुञ्ज आसपासका बस्तीमा त्रास फैलिएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!