“मैले राजदूतको फर्म भर्न मिल्छ कि मिल्दैन ?” — प्रधानमन्त्रीलाई यही म्यासेज पठाउने सचिव ७ घण्टा प्रहरी नियन्त्रणमा

“मैले राजदूतको फर्म भर्न मिल्छ कि मिल्दैन ?” — प्रधानमन्त्रीलाई यही म्यासेज पठाउने सचिव ७ घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्रीलाई राजदूत नियुक्तिका लागि आवेदन दिन मिल्ने–नमिल्नेबारे सोध्दै पठाएको एउटा म्यासेज अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ।
“सम्माननीय प्रधानमन्त्रीज्यू सादर नमस्कार। सचिवको कार्यकाल पाँच वर्ष हुन्छ। म मुख्यसचिव हुने सम्भावना छैन। म अवकाश हुने दिन असार २४ गते हो। राजदूतको विज्ञापन खोलिएको रहेछ। मैले फर्म भर्न मिल्छ कि मिल्दैन ? हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु।”
यही सन्देश लेखेका सचिव पुष्करलाई बिहीबार साँझ प्रहरीले काठमाडौंको कपनस्थित निवासबाट नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीसँग सामान्य प्रशासनिक जिज्ञासा राख्दै पठाइएको म्यासेजकै आधारमा उच्चपदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको घटना सार्वजनिक भएपछि प्रशासनिक र राजनीतिक वृत्तमा व्यापक चासो र बहस सुरु भएको छ।
घटनाबारे प्रहरी र सम्बन्धित निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्। तर एउटा म्यासेजका कारण सचिव तहका कर्मचारीलाई घरबाटै नियन्त्रणमा लिइनु आफैंमा असामान्य घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP