धनुषाको जनकपुर-ढल्केबर सडकअन्तर्गत लक्ष्मीनिया क्षेत्रमा स्थानीयवासीहरूले सडक अवरुद्ध गर्दै विरोध जनाएका छन् । टायर बालेर बिहान करिब साढे दुई घण्टा लामो अवरोध गरिएको हो ।
गत जेठ २० गते बिहान घरबाट खेततर्फ जाँदै गरेकी लक्ष्मीनिया गाउँपालिका–७ की ६५ वर्षीया मरनी देवी महराको मोटरसाइकलको ठक्करबाट ज्यान गएको घटनापछि स्थानीय आक्रोशित बनेका हुन् । मृतकका परिवारका अनुसार बिहान खेततर्फ सडक पार गर्ने क्रममा दुई जनासहितको मोटरसाइकलले ठक्कर दिई फरार भएको थियो । उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको मृत्यु भएको थियो ।
घटना भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान र पक्राउ नहुनुमा स्थानीयले असन्तोष व्यक्त गरेका छन् । मधेश सरकार र स्थानीय तहले विभिन्न स्थानमा सीसीटीभी जडान गरे पनि धेरै बिग्रिएको कारण अनुसन्धान प्रभावित भएको गुनासो गरिएको छ ।
दोषीलाई छिटो पहिचान गरी पक्राउ गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीय तथा मृतकका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।
इलाम।महालेखापरीक्षक कार्यालयले स्थापना भएयता पहिलो पटक जिल्लास्तरमा बहुसरोकारवालासँग लेखापरीक्षणसम्ब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!