काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र शत्रुताभन्दा माथि उठाएर भविष्यतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारत केवल दुई छिमेकी देश मात्र नभई साझा सभ्यता, संस्कृति र आस्थाले जोडिएका राष्ट्र भएको उल्लेख गरेका छन्।
उनले जनकपुर र अयोध्या तथा पशुपतिनाथ र केदारनाथबीचको सम्बन्धले दुई देशको ऐतिहासिक र सांस्कृतिक निकटतालाई झल्काउने बताएका छन्। “नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ,” उनले लेखमा उल्लेख गरेका छन्।
लामिछानेले नेपाल र भारत पुराना शत्रुता र विगतका असहमतिमा अल्झिएर बस्न नहुने धारणा राखेका छन्। उनका अनुसार वर्तमान पुस्तासँग दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसर र जिम्मेवारी दुवै छ।
“हामी विगतको कुनै झोला बोक्दैनौँ। हामी पुरानो शत्रुताद्वारा बन्धित छैनौँ,” उनले लेखेका छन्। उनले जनस्तरमा रहेको सम्बन्धलाई अझ बलियो बनाउँदै पारदर्शी, सम्मानजनक र पारस्परिक हितमा आधारित सहकार्यको खाँचो औँल्याएका छन्।
नेपालको आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै लामिछानेले भारतसँग खुला हृदय, स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डाका साथ सहकार्य गर्न चाहेको बताएका छन्। उनले विगतका कमजोरीलाई लुकाएर बस्नुभन्दा सम्बन्धका सम्भावना र अवसरहरूमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
भारतीय जनता पार्टीका नेता नितिन नवीनको औपचारिक निमन्त्रणामा भारत पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!