सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती, मुख्य सडक र होचा क्षेत्र पानीमा डुबेका छन्।
धनगढीका सडक, गल्ली तथा नालामा पानी भरिएपछि सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। डुबानका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ भने पैदल आवतजावतसमेत असहज बनेको छ।
लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिम पनि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूले नदी तथा खोलानालाको आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
डुबानको प्रभाव विद्यालय जाने बालबालिकामा पनि परेको छ। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा सार्वजनिक बिदा दिएका छन्।
मौसम पूर्वानुमान विभागले अझै वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन प्रशासनले सबै नागरिकलाई अनुरोध गरेको छ।
काठमाडौं । सरकारले केही साताअघि पूर्ण परिमाण (१४.२ केजी) को एलपी ग्यास सिलिन्डर वितरण गर्ने घोषणा गर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!