नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेपछि विभागले नयाँ इन्धन मूल्यका आधारमा भाडा पुनः निर्धारण गर्न लागेको हो। विभागका निर्देशक मणिराम भुसालका अनुसार नयाँ भाडादर सम्बन्धी सूचना आज साँझसम्म सार्वजनिक हुन सक्नेछ।
यसैबीच, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि इन्धनको मूल्य घटेकै आधारमा तत्काल भाडादर समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्यमा हुने परिवर्तनअनुसार सार्वजनिक यातायातको भाडा पारदर्शी र वैज्ञानिक आधारमा निर्धारण हुनुपर्ने बताएका छन्।
हाल सरकारले निर्धारण गरेको भाडादरमा ३५ प्रतिशत हिस्सा इन्धनको मूल्य र ६५ प्रतिशत हिस्सा सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक तथा अन्य खर्चलाई आधार मानिएको छ।
यता, उपभोक्ता अधिकारकर्मीहरूले भने इन्धनको मूल्य बढ्दा जति अनुपातमा भाडा बढाइएको थियो, घट्दा पनि त्यही अनुपातमा घटाइनुपर्ने माग गरेका छन्। अन्तरप्रदेशको नयाँ भाडादर सार्वजनिक भएपछि प्रदेश सरकारले पनि सोहीअनुसार स्थानीय सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी गरेका छन्।
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास गाजापट्टीमा रहेका आफ्ना सबै हतियार त्याग्न सहमत भएको जनाएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!