बुटवल । जंगली जनावरबाट बाली जोगाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर गुल्मी मा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मी का अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारी ले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली बँदेलबाट बाली जोगाउन बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो बिछ्याएका थिए।
सोही पासोमा परी उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो।
उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
सुनसरी ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई य ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!