सम्पत्ति विवरण नदिने पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूको निर्णय

सम्पत्ति विवरण नदिने पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूको निर्णय

काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन् ।

आयोगले सम्पत्ति विवरण मागेपछि एकीकृत धारणा बनाउने उद्देश्यले गत जेठ १७ गतेदेखि विभिन्न चरणमा छलफल र परामर्श गरिएको थियो । छलफलमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमार प्रसाद शाह, गोपाल पराजुलीलगायत सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतका पूर्वन्यायाधीशहरू सहभागी भएका थिए ।

पूर्वन्यायाधीश फोरमका सचिव तथा उच्च अदालतका पूर्वन्यायाधीश युवराज सुवेदीका अनुसार छलफलमा ७० भन्दा बढी पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश सहभागी थिए । छलफलपछि मौजुदा संविधान र कानुनअनुसार पूर्वन्यायाधीशसँग सम्पत्ति विवरण माग्ने तथा त्यसको जाँचबुझ गर्ने व्यवस्था संविधानसम्मत नरहेको निष्कर्ष निकालिएको उनले बताए ।

फोरमको अगुवाइमा गरिएको कानुनी परामर्शपछि संविधानका विभिन्न धाराहरूको अध्ययनका आधारमा पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण बुझाउनु नपर्ने निष्कर्षमा पुगेको सुवेदीले जानकारी दिए ।

यस निर्णयसँगै सम्पत्ति छानबिन आयोगको मागप्रति पूर्वन्यायाधीशहरूको असहमति सार्वजनिक भएको छ भने आयोग र पूर्वन्यायाधीशबीचको विवाद थप चर्किने संकेत देखिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP