काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धानको दायरामा रहेका आरोपी विष्णु प्रसाद पौडेलको हिरासत अवधि पुनः थप गरिएको छ।
विशेष अदालतले बिहीबार जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम पौडेललाई अनुसन्धान प्रयोजनका लागि तेस्रो पटक थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।
अदालतको आदेशपछि आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको अनुसन्धान निकायले जनाएको छ।
यसअघि पनि दुई पटक म्याद थप भइसकेको थियो। पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धान अझै केही दिन जारी रहने भएको छ।
काठमाडौं । सरकारले केही साताअघि पूर्ण परिमाण (१४.२ केजी) को एलपी ग्यास सिलिन्डर वितरण गर्ने घोषणा गर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!