काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जेठ १८ गते तीन दिने भारत भ्रमणमा जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन्।
रास्वपाका अनुसार आज नयाँ दिल्ली प्रस्थान गर्ने लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य तथा विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी छन्।
रास्वपाले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, राजनीतिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने जनाएको छ।
काठमाडौं । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उनको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!