उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन, पाटन उच्च अदालतको सुनुवाइ स्थगित

उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन, पाटन उच्च अदालतको सुनुवाइ स्थगित

काठमाडौं । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ।

उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उच्च अदालत पाटनले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको जनाएको छ। अदालत प्रशासनले जारी गरेको सूचनामा स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्बन्धित पक्षहरूलाई सुनुवाइ स्थगित भएको जानकारी गराइएको उल्लेख छ।

अदालतका अनुसार पराजुली लामो समयदेखि न्याय प्रशासनमा कार्यरत रहँदै अदालतको सेवा र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका थिए। उनको निधनले न्याय क्षेत्रले एक अनुभवी र समर्पित कर्मचारी गुमाएको अदालतका कर्मचारी तथा कानुन व्यवसायीहरूले बताएका छन्।

पराजुलीको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गर्न अदालतका न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरू पुगिरहेका छन्।

उनको आत्माको चिरशान्तिको कामना गर्दै अदालतले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP