काठमाडौ ।अमेरिकामा जन्मिने शिशुहरूको जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकार कायम राख्दै अमेरिकी सर्वोच्च अदालत ले राष्ट्रपति डोनाल्ड ट्रम्प को उक्त अधिकार सीमित गर्ने प्रयासलाई असफल बनाइदिएको छ।
छ–तीनको बहुमतबाट भएको फैसलामा प्रधानन्यायाधीश जोन रोबर्ट्स ले गैरकानुनी वा अस्थायी रूपमा अमेरिकामा बसोबास गरिरहेका अभिभावकबाट जन्मिएका बालबालिका समेत अमेरिकी संविधानको चौधौँ संशोधनअनुसार जन्मसिद्ध रूपमा अमेरिकी नागरिक हुने स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्न खोजेका थिए। कागजातविहीन आप्रवासी तथा केही अस्थायी आगन्तुकका सन्तान अमेरिकी संविधानले परिभाषित गरेको अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने भएकाले उनीहरू स्वतः अमेरिकी नागरिक हुन नहुने उनको तर्क थियो।
अदालतको यस निर्णयलाई ट्रम्प प्रशासनको आप्रवासन नीतिमा ठूलो झट्काका रूपमा हेरिएको छ। नागरिक अधिकारका पक्षमा काम गर्ने विभिन्न संस्थाहरूले भने अदालतको निर्णयको स्वागत गर्दै यसलाई अमेरिकी संविधान र नागरिक अधिकारको जितका रूपमा व्याख्या गरेका छन्।
सुनसरी ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई य ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!