काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्रको विवाद उत्कर्षमा पुगेपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्दै जेठ २४ गतेभित्र नयाँ निर्वाचन गराएर निकास दिन स्पष्ट निर्देशन दिएको छ। संघका बहुमत पदाधिकारी, सदस्य तथा व्यवसायीहरूले अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएपछि प्रशासन सक्रिय बनेको हो।
जिल्ला प्रशासन कार्यालयले संघको वर्तमान अवस्था, नेतृत्व विवाद र संस्थागत अन्योललाई मध्यनजर गर्दै निर्धारित समयभित्र निर्वाचन प्रक्रिया पूरा गर्न पत्राचार गरेको जनाएको छ। प्रशासनको पत्र सार्वजनिक भएसँगै व्यवसायी वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
तर प्रशासनको स्पष्ट निर्देशनपछि पनि अध्यक्ष भुवनसिंह गुरुङले विज्ञप्ति जारी गर्दै फरक व्याख्या गर्न खोजेको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले प्रशासनको भावनाविपरीत भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
बहुमत व्यवसायीहरूको भनाइमा अहिलेको आवश्यकता विवाद बढाउने नभई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेर संघलाई निकास दिनु हो। प्रशासनले समेत निर्वाचनलाई नै समाधानको उपायका रूपमा अघि सारेको अवस्थामा त्यसको अक्षरशः पालना हुनुपर्ने उनीहरूको माग छ।
संघभित्र लामो समयदेखि नेतृत्व शैली, निर्णय प्रक्रिया र संस्थागत पारदर्शितामाथि प्रश्न उठ्दै आएको थियो। पछिल्लो सामूहिक राजीनामापछि भने विवाद खुला रूपमा सतहमा आएको हो। यसले वैदेशिक रोजगार क्षेत्रमै अन्योल र ध्रुवीकरण बढाएको व्यवसायीहरूको भनाइ छ।
यता जिल्ला प्रशासन कार्यालयले तोकिएको समयभित्र निर्वाचन प्रक्रिया अगाडि नबढे थप जटिलता उत्पन्न हुन सक्ने संकेत दिएको छ। त्यसैले अहिले व्यवसायीहरूबीच जेठ २४ भित्रै नयाँ नेतृत्व चयन गरेर संघलाई स्थायित्व दिनुपर्ने आवाज बलियो बन्दै गएको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!