स्थानीय सञ्चारमाध्यम तथा भेनेजुएलाका फुटबलर हेक्टर बेलोका अनुसार उनकी श्रीमती एन्ड्रियाले भूकम्पका बेला आफ्नी छोरीलाई जोगाउने क्रममा ज्यान गुमाएकी हुन्। बेलोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नी श्रीमतीले अन्तिम साससम्म छोरीलाई सुरक्षित राखेको उल्लेख गर्दै भावुक सन्देश साझा गरेका छन्।
उनले लेखेका छन्, "म छोरीलाई कसरी बुझाऊँ कि तिमीले उसको ज्यान बचाउन आफ्नो ज्यान गुमायौ र म त्यहाँ केही गर्नका लागि उपस्थित थिइनँ ? मलाई शक्ति देऊ।"
राजधानी काराकास नजिकै आएको दुई शक्तिशाली भूकम्पमा हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। बेलोकी छोरी र उनकी फुपु हाल अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
स्थानीय फुटबल संस्था ‘कुमाना दे काम्पियोनेस’ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एन्ड्रियाको भग्नावशेषमा पुरिएर मृत्यु भएको र उनकी छोरीलाई जीवितै उद्धार गरिएको पुष्टि गरेका छन्।
भूकम्पले खेलकुद क्षेत्रलाई पनि ठूलो क्षति पुर्याएको छ। काराकास फुटबल क्लबका यू-१८ खेलाडी राजान सिजाको आफ्नै घरमा परिवारका सदस्यसहित मृत्यु भएको छ। यस्तै मारिटिमो दे ला गुइरा र क्लब स्पोर्ट सान अगस्टिनको एकेडेमीसँग आबद्ध खेलाडी भिक्टर पालासिओसको पनि भूकम्पमा ज्यान गएको छ।
यसैबीच, पूर्व मिस भेनेजुएला जिजेल रेयेसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको छ। रेयेसले सामाजिक सञ्जालमार्फत आफ्नी आमा बस्ने भवन पूर्ण रूपमा भत्किएको जानकारी दिएकी छन्। उनका अनुसार आमाको हेरचाह गर्ने नर्सलाई जीवितै उद्धार गरिएको भए पनि भूकम्पको त्रास र हृदयघातका कारण आमाको निधन भएको हो।
भूकम्प प्रभावित क्षेत्रमा अझै पनि धेरै मानिस बेपत्ता रहेकाले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिएका छन्।
सुनसरी । सुनसरीको हरिनगर क्षेत्रमा दुई समुदायबीच तनाव उत्पन्न भई झडप भएपछि जिल्ला प्रशासन कार्यालयले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!