कार्यक्रममा ५० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमध्ये २७ जना पुरुष तथा २३ जना महिला रहेका थिए।
रक्त अभाव न्यूनीकरण तथा सामाजिक सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रदेश, जिल्ला, नगर तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै एमाले नगर कमिटी टोखाका अध्यक्ष गोपि पाठक ले जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए।
आयोजकले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण रक्तदाता तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।
विराटनगर।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादपछि स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!