काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।
इदको शुभकामना व्यक्त गर्दै उहाँले “हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएका छन् ।
हाम्रो शक्ति यहाँका विविधताबीचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ”, भन्नुभएको छ ।
संवाददाता
- २०८३-०२-१४
11 घण्टा अगाडि
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!