काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।
उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानपछि विष्णु थापा क्षेत्रीले आफ्नो निम्ति ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालत मा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
आयोगले बिगो ५० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।
फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी खेलमा इरानविरुद्ध इजिप्टले सुरुआतमै अग्रता बनाए पनि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!