खुला राष्ट्रिय तर्फको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मन्त्री यादवले पहिलो चरणको निर्वाचनमा ८६९ मत मात्र प्राप्त गरेका हुन्। खुला राष्ट्रिय तर्फ ६४ पदका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। कुल २ हजार ९५९ मत खसेको निर्वाचनमा यादव विजयी हुन सकेनन्।
बालेन शाह नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये आठ जनाले रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तीमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्री विजयी भएका छन्।
निर्वाचित हुने मन्त्रीहरूमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी रहेका छन्।
रास्वपाको संशोधित विधानअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय बनाइएको छ। पहिलो चरणको निर्वाचनबाट ९९ जना सदस्य निर्वाचित भइसकेका छन्। बाँकी ५१ जना सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्ने व्यवस्था रहेको छ भने सात प्रदेशका सभापति पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।
निर्वाचन आयोगका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६०७ मत प्राप्त गरेका छन्। कानुनमन्त्री सोविता गौतमले २ हजार ५९४ मत प्राप्त गर्दै दोस्रो सर्वाधिक मत ल्याएकी छन्।
त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले २ हजार ४९५ तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले २ हजार ९४ मत प्राप्त गरेका छन्। भूगोलतर्फ निर्वाचित सामाजिक सुरक्षामन्त्री सीता बादीले १ हजार ७५१, स्वास्थ्यमन्त्री निशा मेहताले १ हजार ८६१ तथा कृषिमन्त्री गीता चौधरीले ८९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
नयाँ दिल्ली । राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशव्या ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!