काठमाडौं । गीतकार विदुर खड्काको नयाँ राष्ट्रप्रेमी गीत ‘चौतारिको डिलैमा’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द संयोजन खड्काकै रहेको छ।
गीतमा संगीतकार सरोज प्याकुरेलको संगीत रहेको छ भने स्वर कृष्ण काफ्लेले दिएका छन्। गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ भोला पौडेलको रहेको छ।
भिडियोमा सन्दिप बाबु लोहनी, रचना सिवाकोटी र मोती सुवेदीको अभिनय रहेको छ। छायांकन प्रकाश खड्काले गरेका छन् भने श्रृङ्गार संगीता चन्द ढकुरीको रहेको छ।
गीतको सम्पूर्ण कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् भने भिडियोको परिकल्पना सरोज प्याकुरेलले गरेका हुन्।
गीतको भिडियोमा एक पात्रले दैनिक चौतारिको डिलमा बसिरहेकी युवतीलाई देखेर मन पराउने, पछ्याउने र विवाहसम्मको कल्पना गर्ने तर आफ्नो भावना व्यक्त गर्न नसक्ने कथा प्रस्तुत गरिएको छ। गीतकार खड्काका अनुसार, यसले प्रेम र मनोभाव व्यक्त गर्न नसक्दाको मनोवैज्ञानिक अवस्थालाई चित्रण गरेको छ।
यहाँको भीमदत्त नगरपालिका-१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ ग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!