सङ्खुवासभा | अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।
शनिबार पहिरोले सभापोखरी-१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।
पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका-६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ । फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन् । पहिरो कारण सभापोखरी-१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ । धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ । धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन्। ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!