काठमाडौ ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेपछि नेपालगञ्ज लगिएको छ। सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट उनलाई पक्राउ गरेको हो।
पक्राउपछि केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएका पौडेललाई थप अनुसन्धानका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ। त्यहाँबाट उनलाई काठमाडौं ल्याइने तयारी गरिएको छ।
पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा विभागले पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेको थियो।
पक्राउसँगै राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भएको छ। विभागले उनीमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने जनाएको छ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि राखिएको बा प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!