विश्वकप फुटबलमा केप भर्डेका गोलकिपर भोझिन्हाको प्रेरणादायी कथाले विश्वभर चर्चा बटुलेको छ।
अमेरिकी भिसा नपाउँदा पहिलो खेल हेर्न नपाएकी उनकी आमा आना क्यान्डिडा एभोरा अन्ततः मियामी पुगेर छोराको खेल प्रत्यक्ष हेर्न सफल भइन्।
केप भर्डे र उरुग्वेबीच २-२ को बराबरी भएको खेलमा उनी छोराको नाम लेखिएको जर्सी लगाएर स्टेडियम प्रवेश गरेकी थिइन्। विशेष कक्षमा बसेर खेल हेरेकी एभोरा खेलपछि निकै भावुक बनेकी थिइन्।
स्पेनविरुद्धको खेलपछि आमाको अनुपस्थितिबारे भावुक अभिव्यक्ति दिएका भोझिन्हा सामाजिक सञ्जालमा भाइरल बनेका थिए। त्यसपछि फिफा, अमेरिकी निकाय र केप भर्डे फुटबल संघको पहलमा उनकी आमाको भिसा प्रक्रिया पूरा भएको थियो।
आमा-छोराको यो भावुक पुनर्मिलनले विश्वकपको मैदानमा फुटबलभन्दा ठूलो कथा लेखेको छ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि राखिएको बा प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!