रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता खारेज, संगठनभित्र तरंग

रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता खारेज, संगठनभित्र तरंग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्रमार्फत स्वर्णकारलाई साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।

पार्टी स्रोतका अनुसार अनुशासन आयोगमा बाराबाट निर्वाचित चार जना सांसदले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । उनीमाथि आर्थिक अनियमितता गरेको, पार्टी संगठन प्रभावकारी रूपमा परिचालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा गतिविधि गरेको लगायतका आरोप लगाइएको थियो ।

उक्त उजुरीमाथि छानबिनपछि कारबाही गरिएको रास्वपाले जनाएको छ । पार्टीभित्र अनुशासन र संगठनात्मक मर्यादा कायम गर्न यस्तो निर्णय गरिएको बताइएको छ ।

यसैबीच, रास्वपा नेताहरूका अनुसार बारा जिल्ला समिति समेत भंग गरिएको छ । नयाँ जिल्ला समिति गठन प्रक्रिया अघि बढाउन केन्द्रबाट प्रतिनिधि खटाइसकिएको जनाइएको छ ।

यो निर्णयसँगै बारा जिल्लामा रास्वपाको आन्तरिक राजनीति थप चर्चामा आएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जहाजभित्र फोटो–भिडियो खिच्न रोकबीच प्रधानमन्त्री बालेन शाह चितवन प्रस्थान, रास्वपा महाधिवेशनमा सहभागी
एक महिना अगाडि

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह ...

छुटाउनुभयो कि ?

TOP