जहाजभित्र फोटो–भिडियो खिच्न रोकबीच प्रधानमन्त्री बालेन शाह चितवन प्रस्थान, रास्वपा महाधिवेशनमा सहभागी

जहाजभित्र फोटो–भिडियो खिच्न रोकबीच प्रधानमन्त्री बालेन शाह चितवन प्रस्थान, रास्वपा महाधिवेशनमा सहभागी

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह आज चितवनतर्फ प्रस्थान गरेका छन्।

उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनका लागि उडेका हुन्। सो क्रममा जहाजभित्र यात्रुहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको थियो। उक्त विषय यात्रुहरूबीच चर्चाको विषय बनेको बताइएको छ।

प्रधानमन्त्री शाहसँग उनकी श्रीमती र छोरी पनि साथमा रहेका छन्। सुरक्षात्मक कारण वा आन्तरिक उडान नियमअनुसार यस्तो व्यवस्था गरिएको हुन सक्ने स्रोतहरूको भनाइ छ।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको रास्वपा प्रथम महाधिवेशनमा उनी सहभागी हुने कार्यक्रम रहेको छ। महाधिवेशनमा पार्टीको संगठन विस्तार, नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाले यस महाधिवेशनलाई पार्टीको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP