चितवनको कुरिनटारस्थित एक बियर उद्योगका लागि भारतबाट आएका पाँच वटा ट्यांक बोकेका ट्रक रास्वपाको महाधिवेशनका लागि बनाइएको स्वागत गेटका कारण रोकिएका छन्। सामान्यभन्दा अग्ला रहेका ती ट्रकहरू गेटबाट पार हुन नसकेपछि टिकौली जंगल क्षेत्र नजिक रोक्नुपरेको थियो।
रत्ननगर नगरपालिका–निपनी क्षेत्रमा शनिबार बेलुकादेखि रोकिएका ती ट्रकहरूले कुरिनटारस्थित बाह्रसिंगा बियर फ्याक्ट्रीका फर्मेन्टेसन ट्यांक बोकेका थिए। यी ट्यांक बियर उत्पादन प्रक्रियामा प्रयोग हुने आधुनिक उपकरण हुन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाडीहरू अस्वाभाविक रूपमा अग्ला भएकाले स्वागत गेटबाट पार हुन नसकेको र आवश्यक सहजीकरण भइरहेको बताएका छन्। उनका अनुसार यस्ता गाडी आउनेबारे पूर्व जानकारी प्रशासनलाई थिएन।
प्रहरीका अनुसार गाडीहरूलाई केही समयका लागि सुरक्षित स्थानमा फर्काएर राखिएको थियो। चालकहरूले सडकमै बस्नुपरेको र महाधिवेशन सकिएपछि मात्रै गाडी पार गराइने जानकारी पाएको बताएका थिए।
तर पछि समस्या समाधानका लागि रास्वपाको स्वागत गेट हटाइएपछि ट्यांक बोकेका पाँचै भारतीय ट्रकलाई गन्तव्यतर्फ पठाइएको छ। यससँगै केही समयका लागि अवरुद्ध भएको यातायात अवस्था पनि सामान्य बनेको छ।
नयाँ दिल्ली । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी ( ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!