काठमाडौ ।एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।
पछिल्लो समय अमेरिका बस्दै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट दर्शकमाझ लोकप्रिय बनेका थिए।
उनले थुप्रै टेलिफिल्म तथा चलचित्रमा अभिनय गर्नुका साथै ‘चतुरेको दाउपेच’ नामक चलचित्र समेत निर्माण गरेका थिए। उनको निधनसँगै नेपाली हास्य क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ।
काठमाडौँको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा २५ वर्षीया युवती निशा सुनुवार मृत अवस्थामा फेला परेकी छ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!