सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको गेष्टहाउस चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुसँग मञ्चमा रहनुभएका अतिथिहरुले पनि एकै साथ घण्टी बजाउनुभएको थियो ।    
    
 कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा  एमाले का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी हुनुहुन्छ ।    
    
 यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ ।    
    
 उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरुको उल्लेख्य उपस्थिति छ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP