आईजिपी दानबहादुर कार्की: महाराजगञ्ज प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता ऐतिहासिक उपलब्धि

आईजिपी दानबहादुर कार्की: महाराजगञ्ज प्रहरी प्रतिष्ठानको जग्गा फिर्ता ऐतिहासिक उपलब्धि

काठमाडौं।नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने निर्णय गरेपछि नेपाल प्रहरी संगठनले त्यसलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।

प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उक्त निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने बताएका छन्।

उनले यस निर्णयका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् तथा लामो समयदेखि पहल गर्दै आएका अवकाशप्राप्त प्रहरी अधिकृतहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रहरी संगठनले यो निर्णयले मनोबल उच्च बनाउने र सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि सरकारबाट निरन्तर सहयोग र अभिभावकत्व प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP