नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति विवादमा तानिएको छ । खुला प्रतिस्पर्धाबाट २७ जना उम्मेदवार रहेकामा मन्त्रीस्तरीय चलखेलमार्फत ५ जनालाई छनोट गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

उजुरीमा अन्तर्वार्ता, प्रस्तुतीकरण र प्राप्तांकलाई बेवास्ता गर्दै कम अंक ल्याएकालाई पहुँचका आधारमा नियुक्ति गरिएको आरोप लगाइएको छ । मन्त्रालयले भने नियुक्ति प्रक्रिया योग्यता र अनुभवका आधारमा भएको दाबी गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा यस विषयमा ब्रिफिङ भइसकेको छ भने आन्तरिक छानबिनसमेत सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकपमा मेस्सीको ऐतिहासिक कीर्तिमान, सर्वाधिक गोलकर्ता बने
एक महिना अगाडि

काठमाडौं।अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको नय ...

छुटाउनुभयो कि ?

TOP