काठमाडौं । जिल्ला महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस लिएको आरोपमा नियन्त्रणमा परेका छन्। सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको सूचनाका आधारमा उनी पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सेवाग्राहीबाट घुस/रिसवत मागिएको उजुरीपछि आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनी सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डमा गौशालातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ।
पक्राउका क्रममा घुस रकम ७२ हजार रुपैयाँसँगै स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ, एक थान ल्यापटप, दुई थान मोबाइल तथा अन्य सरकारी कागजात समेत बरामद गरिएको अख्तियारले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!