काठमाडौं । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले विद्या, चिकित्सा र दानजस्ता कार्यले मात्रै साँचो पुण्य प्राप्त हुने र त्यही मार्गले मुलुकलाई समृद्धिको यात्रातर्फ अघि बढाउन सकिने बताएका छन्।
शनिबार काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको बाल अस्पताल किओचको साँचो हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरण र राष्ट्र निर्माणमा शिक्षा, स्वास्थ्य र परोपकारको महत्त्व उल्लेख गरेका हुन्।
उनले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यको विस्तार आवश्यक रहेको बताए।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्नो व्यक्तिगत लगानीबाट ७१ करोड रुपैयाँ खर्च गरी उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन्। निर्माण सम्पन्न भवनको साँचो अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई एक विशेष समारोहबीच शनिबार हस्तान्तरण गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अस्पताल सञ्चालनमा आएपछि बाल स्वास्थ्य सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ।
विश्वकप फुटबलमा केप भर्डेका गोलकिपर भोझिन्हाको प्रेरणादायी कथाले विश्वभर चर्चा बटुलेको छ। अमेरिकी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!