काठमाडौं।पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध घुस/रिसवत र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी गम्भीर आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, श्रेष्ठले विभागअन्तर्गतका ठेक्का प्रक्रियामा संलग्न निर्माण व्यवसायीहरूसँग मिलेमतो गर्दै घुस मागेर काम सहजीकरण गरिदिएको खुलेको छ। सोही क्रममा उनले देउकला अधिकारीको बैंक खातामार्फत पटक–पटक गरी कुल रु. ४ करोड २२ लाख ७५ हजार ९८५ घुस रकम लिएको पुष्टि भएको छ।
अनुसन्धानबाट उक्त रकम गैरकानुनी रूपमा आर्जन गरी त्यसको स्रोत लुकाउने उद्देश्यले विभिन्न गतिविधि गरिएको देखिएको छ। प्रतिवादीहरूले सो रकमबाट नुवाकोट र काठमाडौंमा जग्गा खरिद, सुन किनबेच तथा विभिन्न व्यक्तिहरूलाई भुक्तानी गर्ने कार्य गरेका थिए। यसरी अवैध रकमलाई वैध देखाउन बैंक खाता प्रयोग, चेकमार्फत रकम सटही तथा नगद निकाल्ने जस्ता तरिका अपनाइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार, घुसबाट आर्जित रकमको वास्तविक स्रोत लुकाउन छद्म स्वामित्व (बेनेमी) सिर्जना गरिएको, अन्य व्यक्तिहरूमार्फत रकम परिचालन गरिएको तथा वित्तीय प्रणालीलाई छल्ने प्रयाससमेत गरिएको पुष्टि भएको छ।
यस प्रकरणमा अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना र कैद सजाय तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार थप सजायको मागदाबी गरेको छ। साथै, घुसबाट आर्जित सम्पत्ति जफत तथा असुलउपर गर्नसमेत माग गरिएको छ।
यो प्रकरणले सरकारी निकायभित्रको खरिद प्रक्रियामा गम्भीर अनियमितता र भ्रष्टाचारको जालो उजागर गरेको छ। अख्तियारले यस्ता प्रकरणमा अनुसन्धानलाई अझ कडाइका साथ अघि बढाउने संकेत दिएको छ।
काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा तत्काल रोक लगाउने निर्णय गरेको छ। याताय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!