कैलाली ।कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत ८ जना जवान बेहोस भएका छन्।
बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर अवस्थाका ५ जनालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए।
तालिमकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनीहरू बेहोस भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!