YouTube र TikTok जस्ता लोकप्रिय प्लेटफर्ममा सक्रिय क्रिएटरहरूलाई लक्षित गर्दै ल्याउन लागिएको यस योजनाअन्तर्गत सहभागीहरूलाई निश्चित भुक्तानी प्रदान गरिनेछ। साथै उनीहरूको कन्टेन्टको पहुँच (रिच) बढाएर फेसबुकमै ग्रो गर्न सहयोग गरिने बताइएको छ।
कम्पनीका अनुसार गत वर्ष मात्र आफ्नो मोनिटाइजेसन कार्यक्रमअन्तर्गत क्रिएटरहरूलाई करिब ३ बिलियन डलर भुक्तानी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो।
‘क्रिएटर फास्ट ट्र्याक’ कार्यक्रममा सहभागी हुने क्रिएटरहरूले फेसबुकमा शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहने छैन। फेसबुकले उनीहरूको एलिजिबल रिल्सलाई बढी दर्शकसम्म पुर्याउने व्यवस्था गर्ने जनाएको छ, जसले फोलोअर्स वृद्धि गर्न मद्दत गर्नेछ।
यसका साथै, फेसबुकमा यस्ता रिल्स सेयर गर्ने क्रिएटरहरूलाई तीन महिनासम्म भुक्तानी दिने योजना पनि रहेको छ।
काठमाडौं । लामो समयदेखि रोकिएको सडक विस्तारको काम बिहानै ५ बजेदेखि सुरु भएको छ । लामो समयदेखि रोकिएक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!