चर्चामा
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्यु भएको भन्ने खबरले अन्तर्राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ। चीनको राजधानी बेइजिङस्थित अस्पतालमा मस्तिष्कमा रक्तस्राव भएपछि उपचारका क्रममा उनको मृत्यु भएको दाबी सामाजिक सञ्जालमा फैलिएको हो। तर उनको मृत्यु भएको खबरलाई अहिलेसम्म कुनै आधिकारिक निकायले पुष्टि गरेको छैन।
अमेरिकामा रहेका चिनियाँ असन्तुष्ट व्यक्तित्व सिए वानजुनले सामाजिक सञ्जालमार्फत किम जोङ उन गम्भीर बिरामी परेको र उपचारका क्रममा मृत्यु भएको दाबी गरेपछि यो विषय चर्चामा आएको हो। उनलाई कोमामा पुगेपछि चीन लगिएको र बेइजिङस्थित अस्पतालमा मृत्यु भएको दाबीसमेत गरिएको छ। तर यसबारे कुनै चिकित्सकीय प्रमाण सार्वजनिक भएको छैन।
यसैबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अक्टोबर २० मा किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएको तस्बिर सार्वजनिक गरेको छ। उनी अक्टोबर १९ मा प्योङयाङमा आयोजित कपडा तथा जुत्ता प्रदर्शनी अवलोकन गर्न पत्नी र छोरीसँगै पुगेको समाचारमा उल्लेख छ।
दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूले पनि उनको मृत्यु भएको दाबी पुष्टि गर्ने कुनै प्रमाण नरहेको बताएका छन्। मृत्युको हल्लासँगै उनकी बहिनी किम यो जोङले सत्ता सम्हाल्न सक्ने र छोरी किम जु ए भावी उत्तराधिकारी बन्न सक्ने चर्चा पनि सुरु भएको छ। तर सत्ता हस्तान्तरणबारे कुनै आधिकारिक घोषणा भएको छैन।
आणविक हतियार सम्पन्न उत्तर कोरियाका सर्वोच्च नेताको स्वास्थ्य अवस्थाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा समेत प्रभाव पार्न सक्ने भएकाले उनको अवस्थाबारे विश्व समुदायको चासो बढेको छ। अहिलेसम्म उपलब्ध सूचनाका आधारमा भने किम जोङ उनको मृत्यु भएको खबर अपुष्ट नै रहेको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!