काठमाडौं । लामो समयदेखि रोकिएको सडक विस्तारको काम बिहानै ५ बजेदेखि सुरु भएको छ । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५-२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम सुरु गरिएको छ । सडक विस्तारका लागि डोजर र एक्साभेटरसहित ९ वटा उपकरणलगायतका सामाग्री प्रयोग गरिएको छ । सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम थालिएको छ । यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिकाम अगाडी बढाईएको छ ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि सडक विस्तारको काम अघि बढाउने बाटो खुलेको हो । यसअघि करिब एक हजार २०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै रिट दायर गरेका थिए, जसका कारण झन्डै १३ वर्षदेखि सडक विस्तार अन्योलमा परेको थियो ।
तर अब भने अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार अघि बढाएको छ ।सर्वोच्च अदालतले करिब १ वर्ष पहिले सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेको थियो । त्यस पछि मात्र सडक विस्तारको काम अघि बढाउने बाटो खुलेको हो ।
भारत ।भारतको संसदमा लामो समयदेखि चर्चामा रहेको डिलिमिटेसन बिल अस्वीकृत भएको छ। जनसंख्या आधारित निर्व ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!