वैशाख १५ बाट रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

वैशाख १५ बाट रास्वपाको जिल्ला अधिवेशन सुरु हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संगठन विस्तार र सुदृढीकरणलाई केन्द्रमा राख्दै अधिवेशनको कार्यतालिका स्वीकृत गरेको हो। बैठकपछि प्रवक्ता मनिष झा ले वैशाख १५ गतेबाट क्रमशः जिल्ला अधिवेशन सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार अधिवेशनमार्फत पार्टीको तल्लो तहसम्म संरचना मजबुत बनाउने, नयाँ नेतृत्व चयन गर्ने र संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। अधिवेशनको विस्तृत तालिका र प्रक्रिया छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

रास्वपाले यसअघि पनि संगठन विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जिल्ला अधिवेशनलाई पार्टीको आन्तरिक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP