चर्चामा
रियाद । यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेपछि अमेरिकाले साउदी अरबस्थित आफ्ना गैरआकस्मिक कूटनीतिक कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २१ मा यस्तो आदेश जारी गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले साउदी अरबमा रहेका गैरआकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई मात्र तत्कालका लागि फिर्ता जान निर्देशन दिइएको स्पष्ट पारेका छन्।
पछिल्लो समय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका नागरिक विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गर्दै आएका छन्। आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको छ भने हवाई यातायातसमेत प्रभावित बनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
बुधबार पूर्वी साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको समाचार सार्वजनिक भएको छ। त्यस्तै, साउदी अरबको महत्वपूर्ण तेल क्षेत्र शैबाहमा भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको रोयटर्सले जनाएको छ।
यसअघि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललगायतका क्षेत्रमा पनि आक्रमणका घटना भएका थिए। सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै रियादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकी कूटनीतिक कर्मचारी फिर्ता बोलाउने निर्णयले मध्यपूर्वमा सुरक्षा अवस्था थप गम्भीर बन्दै गएको संकेत गरेको छ। अमेरिका र इजरायल तथा इरानबीचको जारी द्वन्द्वका बीच हुथी विद्रोहीको सक्रियताले क्षेत्रीय तनाव थप फैलिने जोखिम बढाएको छ।
यस घटनाले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ। विशेषगरी साउदी अरबको तेल उत्पादन तथा लालसागर हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात प्रभावित भए विश्व बजारमा इन्धनको मूल्य र आपूर्ति दुवैमा दबाब पर्न सक्ने आकलन गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले भने कर्मचारी फिर्ता बोलाउने आदेश साउदी अरबका लागि मात्र लागू भएको स्पष्ट पारेको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!