नेपाली चलचित्रमा सिक्वेलको बाढी, मौलिक कथाको अभाव!

नेपाली चलचित्रमा सिक्वेलको बाढी, मौलिक कथाको अभाव!

काठमाडौं । दसैँको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको ध्यान ताने पनि नेपाली चलचित्रको मौलिकता र कथावस्तुमाथि प्रश्न उठ्न थालेको छ।

‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएसँगै यसपटक नेपाली चलचित्र क्षेत्रमा सिक्वेलको वर्चस्व देखिएको छ। पारिवारिक भावना, एक्सन र हास्यलाई मुख्य विषय बनाएका यी चलचित्रले दर्शकमाझ चर्चा पाए पनि नयाँ कथा र सिर्जनात्मक प्रयोगको अभावबारे बहस भइरहेको छ।

सफल चलचित्रकै नाम र लोकप्रियतालाई निरन्तरता दिएर दर्शक तान्ने प्रवृत्तिले तत्काल व्यापारमा सहयोग पुर्‍याए पनि नेपाली चलचित्रको दीर्घकालीन विकासका लागि मौलिक कथावस्तु, सशक्त पटकथा र नयाँ प्रस्तुतिको आवश्यकता देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP